यूएईका नागरिक लगानी गर्न तयारी छन्, त्यसका लागि वातावरण नेपालले मिलाउनुपर्छ : यूएई



१६ चैत्र २०७५, काठमाडौं

संयुक्त अरब इमिरेटस (यूएईं)ले आफ्ना देशका नागरिक नेपालमा लगानी गर्न इच्छुक रहेको बताएको छ ।

शुक्रबार सुरु भएको लगानी सम्मेलनमा बोल्दै यूएईंका वैदेशिक व्यापार तथा आर्थिक मामिला मन्त्रालयका सह–सचिव अब्दुल्लाह अल सलाहले यस्तो बताएका हुन् । तर, यसका लागि वातावरणको यतारी भने नेपालले गर्नुपर्ने उनको भनाई थियो ।

“व्यापारका हिसाबले नेपाल र युएइबीच निकै राम्रो सम्बन्ध छ । तर लगानीका हिसाबले हामी कमजोर छौं । त्यसको मुख्य कारण कर प्रणाली हो भन्ने मेरो बुझाई छ। नेपाल र यूएईंबीच रहेको दोहोरो कर प्रणाली अन्त्य हुनुपर्छ ।”

उनले भने ।

आर्थिक विकासका लागि प्रत्यक्ष वैदेशिक लगानी आवश्यक छ भन्ने कुरा यूएईंबाट सिक्न सकिने उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्