१६ चैत्र २०७५, काठमाडौं
सन् २०१३ मा पहिलो पटक एशियाली फुटबल महासंघको नेतृत्वमा आएका बहराइनका शेख सलमान निर्विरोध एशियाली फुटबल महासंघको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
शेख सलमानमा सन २०२३ सम्म एशियाली फुटबल महासंघको अध्यक्ष पदका लागि निर्वाचित भएका हुन् ।
कतारका साउद अल मोहनदादी र मोहम्मद खालिफान अल रोमइथीले पनि सो पदका लागि उम्मेदवारी दाबी गरेका थिए । तर त्यसको एक हप्तापछि दुवैले उम्मेद्वारी फिर्ता लिएका थिए ।
एशियाली फुटबल महासंघको निर्वाचन अर्को साता मलेसियाको क्वालालम्पुरमा हुँदैछ ।
जसमा सलमान अध्यक्षमा मनोनित हुनेछन् ।अध्यक्षको दाबी गरेका अल मोहन दादीले विज्ञप्ती जारी शेख सलमानलाई सहयोग गर्ने उल्लेख गरेका छन् ।