१६ चैत्र २०७५, काठमाडौं
भारत भ्रमणमा रहेको नेपाली यू–१९ क्रिकेट टिमले आन्द्र स्टेट यू–१९ क्रिकेट टिमलाई छैटौं अभ्यास खेलमा २ सय ५२ रनको लक्ष्य दिएको छ ।
पहिला ब्याटिङ थालेको नेपाली यू–१९ ले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५१ रन बनायो ।
नेपालका लागि राष्ट्रिय टिमबाट खेली सकेका सन्दीप जोराले ६७ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ६९ रनको महत्वपूर्ण योगदान दिए ।
त्यस्तै राशिद खानले ४४ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ४४ रन जोडे ।
हरि वहादुर चौहान ३५, शेर मल्ल १७, अभिषेक बस्नते ३५, रित गौतम २२, कप्तान रोहित कुमार पौडेल र पवन सरार्फ भने डक आउट भए ।