विवाह भएको ४ महिना नबित्तै डिभोर्स गर्दै निक र प्रियंका !



१७ चैत्र २०७५, काठमाडौँ

बलिउड अभिनेत्री प्रियंका चोपडाले करिब ४ महिना पहिले आफ्ना अमेरिकन प्रेमी निक जोनसँग प्रेम विवाह गरेकी थिइन् । तर सुन्दा अचम्म लाग्न सक्छ विवाह गरेको ४ महिना नबित्तै निक र प्रियंकाको सम्बन्ध टुक्रिदै छ ।

निक र प्रियंकाको सम्बन्ध पहिलेको जस्तो राम्रो नभएको अमेरिकी म्यागजिनले खुलाएको छ । निक र प्रियंकाबीच दरार आउन थालिसकेको छ । पहिले निकलाई प्रियंकाको व्यवहार सरल र राम्रो लाग्थ्यो । तर अहिले उनले निकलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको बताइएको छ ।

त्यस्तै निकको परिवारले पनि पहिले बुहारी सरल लागेको तर विवाहपछि उनको व्यवहार उत्ताउलो भएको भन्दै निकलाई प्रियंकासँग सम्बन्ध विच्छेद गर्न दवाव दिइरहेका छन् । यसरी हेर्दा निक र प्रियंकाको सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढिसकेको बताइएको छ । तर निक र प्रियंकाले यस विषयमा मुख खोलेको भने छैनन् ।

प्रतिक्रिया दिनुहोस्