गर्लफ्रेण्डको घरमा जादाँ बाउको डरले दराजमा लुकेका थिए सलमान



१७ चैत्र २०७५, काठमाडौँ

सलमान खान बलिउडका सुपरस्टार हुन् । उनले बलिउडमा थुप्रै हिट चलचित्र दिइसकेका छन् । सलमान खान गर्लफ्रेण्डको मामिलामा पनि निकै अगाडी देखिन्छन् । सलमान अझैसम्म पनि अविवाहित नै छन् । तर उनको गर्लफ्रेण्डको लिस्ट निकै लामो रहेको छ ।

त्यसैले पनि सलमान बेला बेलामा आफ्ना विगतका प्रेमका कुरा सेयर गरिरहेका हुन्छन् । उनले केहीदिन अघिमात्र पनि एक च्याट शो मा आफ्नो विगतको रमाइलो प्रेम कथा सुनाएका थिए ।

एकपटक सलमान खान आफ्नी प्रेमिकाको घरमा कोहीपनि नभएको मौका पारेर प्रेमिकालाई भेट्न उनको घर गएका थिए । तर पछि गर्लफ्रेण्डका आमा बुबा आएपछि सलमान डरले दराजभित्र लुकेका थिए । दराजभित्र लुक्दा पनि उनी बच्न भने सकेनन् । दराजमा धेरै धुलो भएका कारण उनलाई हाछ्यु आएर उनी दराजबाट बाहिर निस्किए । धन्न ती केटीका बाबुलाई सलमान मन परेर उनी बचेका थिए ।

प्रतिक्रिया दिनुहोस्