एसईई दिइरहेकी करिश्मालाई भेट्न स्कूल पुगे प्रदिप, प्रदिपको प्रशंसा गरेर थाकिनन् करिश्मा (भिडियो)



१७ चैत्र २०७५, काठमाडौँ

नायिका करिश्मा मानन्धरको यतिबेला एसईई परीक्षा चलिरहेको छ । उनले आफ्नो परीक्षा राम्रो बनाउनको लागि निकै मेहेनत  पनि गरिरहेकी छिन् । त्यस्तै आज विहान करिश्मालाई भेट्न अभिनेता प्रदिप खड्का करिश्माको स्कूल नै पुगेका थिए ।

वास्तवमा प्रदिप उक्त स्कूल चलचित्र लब स्टेशन को प्रमोशनका लागि पनि गएका थिए । प्रदिपलाई देखेर करिश्मा निकै खुसी भएकी थिइन् । उनले प्रदिपको निकै तारिफ पनि गरिन् । प्रदिप पनि करिश्माले तारिफ गर्दा खुसी भएका थिए । प्रदिपले करिश्मालाई चलचित्र लब स्टेशन हेर्न जानको लागि करिश्मा लगायत सम्पूर्ण विद्यार्थीलाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्