पहिलो पटक एकसाथ क्रिकेट खेल्दै धुर्मुस र जिग्री, सन्दिपले ब्याटिङ गर्दा हँसाउनु हँसाए (भिडियो)



१७ चैत्र २०७५, काठमाडौँ

यतिबेला धुर्मुस र सुन्तली आफ्नो पुरा मेहेनत गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउनमा लगाइरहेका छन् । रंगशाला बनाउनको लागि नै सहयोगको लागि धुर्मुस सुन्तली विभिन्न कार्यक्रममा समेत संलग्न भैरहेका छन् ।

त्यस्तै अब धुर्मुस सुन्तलीले रंगशाला निर्माणमा सहयोगको लागि आउँदो २३ गते क्रिकेट टिम भर्सेस कलाकारको क्रिकेट म्याच राखेका छन् ।

उक्त गेम कलाकार टिम र क्रिकेट टिमबीच हुने बताइएको छ । जहाँ नेपालका थुप्रै कलाकारले सहभागी जनाएका छन् । धुर्मुसका भाई कुमार कट्टेलदेखि कमेडी किंग सन्दिप क्षेत्रीसम्मको सहभागिता उक्त गेममा रहेको छ ।

धुर्मुस र सुन्तलीले उक्त गेमको माध्यमबाट क्रिकेट रंगशालाको लागि सहयोग उठाउन खोजेका हुन् । उक्त गेममा करिब १०–२० हजार दर्शकको उपस्थिति रहने बताइएको छ । अहिले निकै रमाइलोसँग कलाकारहरु क्रिकेट प्रयाक्टिस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्