जब आमिर शाहरुखले राखेको पार्टीमा घरबाटै खाना बोकेर गए…



१७ चैत्र २०७५, काठमाडौँ

आमिर खान र शाहरुख खान दुवै बलिउडका निकै परिचित अभिनेता हुन् । यी दुई एकअर्काका मिल्ने साथी पनि हुन् । पछिल्लो समयमा यी दुवैको चलचित्रले दर्शकबाट सोचेजति माया पाउन सकेन । तर यी दुईको चर्चा भने कत्तिपनि सेलाएको छैन ।

त्यस्तै आमिरले शाहरुखसँगको आफ्नो रमाइलो अनुभव केहीदिन अघि सेयर गरेका थिए । उनले एकपटक शाहरुखले घरमा पार्टीको आयोजना गरेको र उनलाई पनि निम्तो गरेको बताए । तर आमिर शाहरुखले राखेको पार्टीमा आफैँले घरबाट खाना लिएर गएका थिए । सुरुमा त आमिरलाई देख्दा शाहरुख पनि छक्क परेका थिए । पछि आमिरले आफू कडा डाइटिङमा भएकाले बाहिरको खाना खान नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्