ऐश्वर्या गर्भवती भएको हल्ला मात्र, ऐश्वर्याका प्रवक्ताले खोले पेट ठूलो देखिनुको कारण



१७ चैत्र २०७५, काठमाडौँ

केहीदिन अघि बलिउड नायिका ऐश्वर्या रायको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । तस्बिरमा नायिका ऐश्वर्याको पेट केही ठूलो देखिएको थियो । त्यसपछि उनी फेरि गर्भवती भएको हल्ला सुरु भएको थियो ।

अझ ऐश्वर्याका फ्यानहरु त यो कुरा सुनेर निकै खुसी भएर ऐश्वर्यालाई शुभकामना पनि दिन थालिसकेका थिए । तर ऐश्वर्याका प्रवक्ताले यस विषयमा मुख खोलेका छन् । उनीहरुले क्यामेराको गलत एंगलका कारण मात्र ऐश्वर्याको पेट ठूलो देखिएको तर उनी गर्भवती नभएको बताएका छन् । ऐश्वर्या र अभिषेककी एक छोरी पनि छिन् ।

प्रतिक्रिया दिनुहोस्