१८ चैत्र २०७५, काठमाडौं
गएराती भएको ईङ्लिस प्रिमियर लिग अन्तर्गतको लिभरपुल र टोटन्ह्यामबीचको खेलमा टोटनह्याम पराजित भएको छ ।
रक्षक एल्डरविरल्डले ९० औँ मिनेटमा आत्मघाति गोल गरेपछि लिभरपुलविरुद्ध २–१ ले पराजित भएको हो । जारी लीगमा ७ खेल मात्र बाकिं रहंदा यो खेल दुवै पक्षको लागि महत्वपूर्ण थियो ।
खेल अगाडी दोस्रो स्थानमा रहेको रहेको लिभरपुलले जित पश्चात पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई पछि पार्दै पहिलो स्थानमा उक्लिन सफल भएको हो ।
लिभरपुलको ७९ अंक भएको छ भने सिटीको ७७ अंक छ। यधपि सिटीले एक खेल कम खेलेको छ । यस हार पश्चात टोटनह्याम तेस्रो स्थानमै यथावत रहेको छ ।
खेलमा लिभरपुलको लागि पहिलो गोल रोबर्टो फिर्मिन्होले १६ औं मिनेटमा गरेका थिए । सो गोल पश्चात पहिलो हाफमा कुनै गोल हुनसकेन् ।
७० औँ मिनेटमा लुकास मोउराको गोलमार्फत टोटनह्यामले बराबरी गरेपनि ९० औँ मिनेटमा एल्डरविरल्डले आत्मघाती गोल गरेपछी पराजयको सामना गर्न परेको थियो ।