विवाह गर्न चाहन्छिन् बलिउड नायिका सोनाक्षी तर केटा नपाएर भयो तनाव !



१८ चैत्र २०७५, काठमाडौँ

बलिउड नायिका सोनाक्षी सिन्हा यतिबेला चलचित्र कलंक का कारण निकै चर्चामा छिन् । चलचित्र कलंक को प्रमोशनका लागि अहिले उनी दिनरात दौडिरहेकी छिन् । त्यस्तै सोनाक्षीसँग कलंक का मुख्य कलाकार वरुण धवन र आलिया भट्ट पनि चलचित्रको प्रमोशनका लागि एक कार्यक्रममा पुगेका थिए ।

उक्त कार्यक्रममा यी दुईलाई विवाहबारे प्रश्न गरिएको थियो । जहाँ आलियाले राम्रो समय आएपछि रणवीरसँग विवाह गर्ने बताइन् । त्यस्तै वरुणले पनि आफ्नी गर्लफ्रेण्ड नतासासँग विवाह गर्ने योजना रहेको बताएका थिए । सोनाक्षीले भने आफू विवाह गर्न चाहेको तर केटा नै नभेटेको बताइन् । सोनाक्षीको यस्तो जवाफ सुन्दा सबैजना हाँसेका थिए ।

प्रतिक्रिया दिनुहोस्