‘सारेगमपा’ मा तहल्का मच्चाइरहेका आयुषले गुल्मीमा दिएका थिए यति राम्रो प्रस्तुती, रोकिएनन् गुल्मेली दर्शकका आँशु (भिडियो)



१८ चैत्र २०७५, काठमाडौँ

अहिले भारतको चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्प मा नेपालका दुई बालकले तहल्का मच्चाइरहेका छन् । ११ बर्षीया आयुष केसी र प्रितम आचार्यको प्रस्तुतीले पुरै भारत नै चकित परिरहेको छ । आयुष र प्रितम दुवै सारेगमपा मा जानुभन्दा अघि नेपालको चर्चित रियालिटी शो सुरशाला आइडल मा गएका थिए ।

जहाँ आयुष प्रथम हुन सफल भएका थिए । त्यस्तै सारेगमपा मा जाुनअघि आयुषले गुल्मीमा प्रस्तुती दिएका थिए । उनको प्रस्तुतीले सम्पूर्ण गुल्मेलीको मन रुवाएको थियो । अहिले सामाजिक सञ्जालमा आयुषको उक्त भिडियो निकै भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्