टंक बुढाथोकीसँग गीत रेकर्ड गराउँदै बाल गायिका समिक्षा अधिकारी, गीत गाए बापत पैसा पाउँदा खुसी भइन् समिक्षा (भिडियो)



१८ चैत्र २०७५, काठमाडौँ

पछिल्लो समयमा समिक्षा अधिकारी दर्शकमाझ प्रिय बनेको नाम हो । चलचित्र नाई नभन्नु ल ५ का लागि फेरि कहाँ आउँछ र घुमेर बालापनको उमेर गीत गाएर चर्चामा आएकी समिक्षाको आजभोली निकै प्रशंसा हुन थालेको छ ।

पहिलो गीत सफल भएपछि उनले वसन्त सापकोटासँग मिलेर अर्को पनि गीत गाएकी थिइन् । वनमा काफल बोलको गीतले पनि उनको उचाई निकै बढायो । अहिले उनी विभिन्न सांस्कृतिक कार्यक्रममा व्यस्त हुन थालेकी छिन् ।

त्यस्तै अब समिक्षाले नेपालका चर्चित संगीतकार तथा गायक टंक बुढाथोकीसँग पनि सहकार्य गर्ने भएकी छिन् । समिक्षाको आवाज मन पराएर टंकले उनलाई एउटा गीत रेकर्ड गर्न दिने भएका छन् । जसबापत समिक्षाले पारिश्रमिक पनि पाउनेछिन् । समिक्षा टंकसँग काम गर्न पाउँदा आफू निकै खुसी भएको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्