अति राम्री भएपछि यी युवतीलाई घरबाट बाहिर निस्कन लगाइयो प्रतिबन्ध (फोटो सहित)



१८ चैत्र २०७५, काठमाडौँ

आफू राम्री देखिने चाहना हरेक केटीको रहेको हुन्छ । कसैले राम्री भन्दिदाँ केटीहरु खुसी पनि भैहाल्छन् । यो उनीहरुको स्वभाव नै हो । त्यस्तै कतिपय केटीहरु ज्यादै नै राम्री हुन्छन् । जसलाई देख्दा जो कोही मोहित हुन्छन् ।

त्यस्तै रुसकी एक युवती यति धेरै सुन्दर छिन् कि उनलाई देख्दा हरेक मान्छे हेरेको हेरै हुन्छन् । एन्जेलिकाको सुन्दरताको जति तारिफ गरेपनि कम नै हुन्छ । लामो कपाल, सर्लक्क परेको ज्यान र उनको लोभलाग्दो हाइट भएकाले उनी झट्ट हेर्दा गुडिया जस्तै देखिन्छिन् । हुन त उनी कुनै गुडियाभन्दा कम पनि छैनन् ।

उनको सुन्दरताले नै आजभोली उनलाई समस्या ल्याउन थालेको छ । उनले आफ्नो इच्छाले घरबाट बाहिर समेत जान पाउँदिनन् । उनका आमबुबाले उनलाई महल छोडेर बाहिर जान प्रतिबन्ध लगाएका छन् । धेरै राम्री भएका कारण उनले स्वतन्त्र हुन समेत पाएकी छैनन् । तर उनी महलबाट बाहिर निस्केर आफ्नो जीवन बिताउन चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस्