‘सारेगमपा’ मा फेरि दिए आयुषले धमाकेदार प्रस्तुती, जर्जहरुले यतिसम्म गरे तारिफ (भिडियो)



१८ चैत्र २०७५, काठमाडौँ

नेपालका आयुष केसीले यतिबेला भारतको चर्चित रियालिटी शो सारेगमपा लिटल च्याम्प मा धमाका मच्चाइरहेका छन् । १२ बर्षीया आयुषले सुरुवातदेखि नै जर्ज र दर्शकको मन जित्दै आएका छन् । हिजो प्रशारित एपिसोडमा पनि आयुषले आफ्नो प्रस्तुतीले तहल्का मच्चाएका छन् ।

हिजोको एपिसोडमा आयुषले चलचित्र सुल्तान को जग घुमेया थारे जेसा ना कोही बोलको गीत गाएका थिए । जसमा उनले जर्जबाट निकै राम्रो प्रतिक्रिया पाए । त्यतिमात्र नभएर आयुषले १००  % अङ्क पाउन सफल भए । आयुषसँगै नेपालका अर्का चेला प्रितम आचार्य पनि अहिले सारेगमपा मा सबैको नजरमा पर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्