बलिउड नायिका ऐश्वर्याको निर्देशक बन्ने चाहना



१८ चैत्र २०७५, काठमाडौँ

ऐश्वर्या राय बलिउडकी सफल अभिनेत्री हुन् । अभिनयमा उनी निकै अव्वल मानिन्छिन् । हुन पनि उनले बलिउडमा धेरै सुपरहिट फिल्महरु दिइसकेकी छिन् । अहिले भने उनी चलचित्रमा त्यति व्यस्त छैनन् ।

ऐश्वर्याले अभिनय बाहेक आफूलाई चलचित्र निर्देशन गर्ने रहर भएको बताएकी छिन् । उनले आफूलाई चलचित्र निर्देशन गर्ने इच्छा भएको तर आफू निर्देशनको लागि योग्य नभएको बताउँछिन् । उनले आफूलाई साथीभाईले पनि चलचित्र निर्देशन गर्ने सल्लाह दिएको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्