प्रियंका र निकको डिभोर्सबारे प्रियंकाकी आमा मधुले दिइन् जवाफ



१८ चैत्र २०७५, काठमाडौँ

यतिबेला सबैतिर बलिउड नायिका प्रियंका चोपडाको डिभोर्सको खबरले चर्चा पाइरहेको छ । केहीदिन अघि एक अमेरिकन म्यागजिनले निक र प्रियंकाको सम्बन्ध बिग्रिएको बताएको थियो । त्यसैले यस्तो खबर आएको हो ।

यसबारे निक र प्रियंकाले केही बोलेका छैनन् । यसैबीच भारतीय मिडियाले प्रियंकाकी आमा मधु चोपडासँग यसबारे प्रश्न सोधेका थिए । जहाँ मधुले यसबारे बोल्न अहिले उचित समय आएको छैन भनेर टारिदिइन् । उनलाई मोबाइलमा म्यासेज पठाएर पनि सोधिएको थियो । तरपनि मधुले जवाफ दिएकी छैनन् ।

साथै प्रियंकाका नजिकका साथीभाई र आफन्त पनि यसबारे बताउन चाहेका छैनन् । यता प्रियंकाले भने आफ्नो इन्ष्टाग्राममा निकसँग रमाइरहेको फोटो सेयर गरेकी छिन् । त्यसैले उनको र निकको सम्बन्ध बिग्रिएको कुरा साँचो हो वा होइन यसै भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्