नेपाली सांगीतिक क्षेत्रमा किचलो : समिक्षाले टंक रोज्दा वसन्त आक्रोशित



१८ चैत २०७५, काठमाडौँ

समिक्षा अधिकारी पछिल्लो समयमा निकै चर्चित बन्दै गइरहेकी छिन् । उनलाई संगीत क्षेत्रमा संगीतकार वसन्त सापकोटाले ल्याएका हुन् । उनले नै समिक्षालाई पहिलो पटक चलचित्र नाई नभन्नु ल ५ मा गीत गाउने अवसर दिएका थिए ।

समिक्षाको पहिलो गीतलाई नै दर्शकले अत्याधिक रुचाएका थिए । त्यसपछि उनले फेरि आफ्नो दोस्रो गीत पनि वसन्त सापकोटासँगै गाएकी थिइन् । वसन्त सापकोटाको संगीतमा उनले वनमा काफल बोलको गीत गाएकी थिइन् । त्यसलाई पनि दर्शकले निकै रुचाएका थिए ।

अब समिक्षाले टंक बुढाथोकीसँग सहकार्य गर्ने भएकी छिन् । तर टंकको एक स्टाटसलाई लिएर वसन्तले आक्रोश पोखेका छन् । टंकले समिक्षालाई मेरो संगीतको पहिलो काम गराएका छौँ भनेर स्टाटस लेखेका थिए । जसका कारण वसन्त निकै क्रोधित भए । हुन पनि समिक्षालाई वसन्तले ल्याएका हुन् । त्यसैले टंकको त्यस्तो स्टाटसले वसन्तको चित्त दुख्नु स्वभाविक नै हो ।

अहिले टंकको स्टाटसलाई लिएर दर्शकले चर्को आलोचना गरिरहेका छन् । दुईवटा हिट गीत दिइसकेकी समिक्षाले टंकको संगीतमा पहिलो पटक स्वर दिइन् भन्न मिल्छ र ? हुन त टंकले मेरो संगीतमा पहिलो पटक समिक्षाले गीत गाउँदै भन्न खोजेका थिए तर लेख्दा पहिलो काम मेरो संगीतमा लेखेकाले उनी आलेचित बन्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्