विदेशी कम्पनीको प्रलोभनमा जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै कर्मचारी



१९ चैत २०७५, काठमाडौं

राष्ट्रिय ध्वा.जाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदाहुँदै पनि जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै हिँडेको पाइएको छ ।

निगमले हालका गन्तव्यमा उडान संख्या थपेर जहाज उपयोग गर्न सक्ने अवस्था छ । तर, गन्तव्य नपाएको बहानामा जहाज थन्क्याएर राखिएको छ । निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ छ । तैपनि भएको स्रोत, साधानको उच्चतम उपयोग गरेर आम्दानी बढाउनेतर्फ निगम व्यवस्थापन उदासीन छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने एक बोइङ, दुई न्यारो बडी र दुई वाइड बडी गरी पाँच जहाज छन् । तीमार्फत निगमले एक दिनमा ७० घण्टा उडान गर्न सक्छ । तर, अचेल दैनिक सरदर ३४ घण्टा मात्रै जहाज उडिरहेको तथ्यांक छ उडाउनु पर्नेभन्दा आधा समय मात्रै उडाउँदा पनि जहाजको आम्दानीमा रामै्र छ । यो समाचार नागरिकमा खिलक बुढाथोकीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्