भोकभोकै राहत लिएर यस्तो हालतमा बारा पुगे रवि र धुर्मुस, हाम्रो भगवान् भन्दै रोए बाराका बासिन्दा (भिडियो)



१९ चैत्र २०७५, काठमाडौँ

अहिले नेपालमा फेरि ठूलो समस्या आइपरेको छ । अस्ति राति बेजोडले चलेको हावाहुरीले यतिबेला बारा र पर्सा जिल्लावासीको जिवनस्तरलाई नै संकटमा पारिदिएको छ । अस्ति चलेको हावाहुरी र बर्षाका कारण पर्सा र बारा जिल्लाका धेरै घरलाई क्षति पुगेको छ । कत्तिले आफ्नो ज्यान गुमाए भने कत्तिको अवस्था निकै नाजुक छ ।

त्यस्तै तिनै पिडितको सहयोगको लागि समाजसेवी सिताराम कट्टेल (धुर्मुस) र रवि लामिछाने बारा पुगेका छन् । पहिले देखि नै सामाजिक कार्यमा सक्रिय धुर्मुस र रवि राहत साम्रागी सहित त्यहाँ पुगेका थिए । रवि र धुर्मुसले बारामा खाद्यान्न, ओढ्ने ओछ्याउने लगायतका साम्रागी लिएर बारा  पुग्दा त्यहाँका वासिन्दा  भक्कानिएर रोएका थिए ।

यतिबेला बारा र पर्साका बासिन्दा निकै पिडामा छन् । त्यहिँ पिडा कम गराउनको लागि रवि र धुर्मुस पुग्दा त्यहाँका वासिन्दाले हाम्रो भगवान भन्दै निकै रोए पनि । रवि र धुर्मुसले मात्र नभएर हामी सबैले पनि ती पिडितको उद्धारको लागि सहयोग गर्नु आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्