शाहरुखलाई अंकल भनेपछि साराले खाइन् दर्शकको गाली



१९ चैत्र २०७५, काठमाडौँ

साराअली खान पछिल्लो समयकी बलिउडकी निकै चर्चित अभिनेत्री हुन् । उनले पहिलो चलचित्रबाट नै दर्शकको अत्याधिक माया पाउन सफल भइन् । अहिले साराको पाइपलाइनमा धेरै चलचित्र रहेका छन् । त्यस्तै उनको सुन्दरता र नरम बोलीका कारण पनि उनी चर्चामा आउने गर्छिन् ।

अहिले पनि सामाजिक सञ्जालमा सारा चर्चामा छिन् । तर यसपटक दर्शकको तारिफबाट नभई गालीबाट उनी चर्चामा आएकी छिन् । उनले केहीसमय अघि एक अवार्ड शो मा बोलेका शब्दका कारण उनी विवादित बनिरहेकी छिन् । सारालाई अवार्ड शो म तपाईलाई कार्यक्रम होस्टिङमा सबैभन्दा मन पर्ने जोडी को हो भनेर प्रश्न गरिएको थियो । जहाँ साराले मेरो बुबा सैफअली खान र शाहरुख खान अंकल भनेकी थिइन् ।

शाहरुख र सैफ निकै मिल्ने साथी भएकाले उनीहरुबीच पारिवारिक सम्बन्ध पनि रहेको छ । त्यसैले साराले शाहरुखलाई अंकल भनेकी थिइन् । तर त्यही वाक्य अहिले उनको लागि घातक बनिरहेको छ । शाहरुखलाई अंकल भनेपछि शाहरुखका फ्यान साराप्रति भड्किरहेका छन् । कत्तिले सारालाई बोल्ने शैली नभएको बताएका छन् भने कत्तिले सारा घमण्डी भएको पनि बताएका छन् । जसकारण सारा अहिले निकै तनावमा छिन् ।

प्रतिक्रिया दिनुहोस्