प्रियंका र आयुष्मानको बिहे भएको भिडियो युट्युब ट्रेन्डिङको पहिलो स्थानमा (भिडियो)



१९ चैत्र २०७५, काठमाडौँ

प्रियंका कार्की र आयुष्मान देशराज जोशी नेपाली चलचित्र क्षेत्रका रिल र रियल लाइफका चर्चित जोडी हुन् । यी दुईले केही चलचित्र र थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेका छन् ।

केहीदिन अघिमात्र यी दुईको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको थियो । सरोज वली र मेलिना राईको आवाज रहेको अर्को जुनी बोलको गीतमा आयुष्मान र प्रियंकाको केमेष्ट्रिलाई दर्शकले अत्यन्तै रुचाएका छन् ।

त्यतिमात्र नभएर उक्त गीतले अहिले युट्युब ट्रेन्डिङमा पहिलो स्थान पाउन सफल भएको छ । निकै रमाइलो शैलीको गीतलाई यतिबेला टिकटक मा पनि अत्यन्तै रुचाइएको छ । भिडियोलाई अधिकांश दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्