हावाहुरीमा घाइते भएकालाई नायक प्रदिप खड्काले गरे ५० हजार सहयोग (भिडियो)



१९ चैत्र २०७५, काठमाडौँ

नायक प्रदिप खड्का यतिबेला चलचित्र लब स्टेशन को प्रमोशनमा व्यस्त छन् । चलचित्र लब स्टेशन यहि चैत्र २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । प्रदिप बेला बेलामा सामाजिक कार्य पनि गर्ने गर्छन् । केहीसमय अघि उनले करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरलेलाई सहयोग गरेका थिए । अहिले फेरि उनले अस्ति हावाहुरीबाट ग्रसित भएका बारा र पर्साका बासिन्दालाई सहयोग गरेका छन् ।

प्रदिपले अस्ति अचानक घटेको भयानक घटनाले बारा र पर्सामा निकै क्षति पुर्याएकाले आफ्नो तर्फबाट केही सहयोग गरेको बताए । प्रदिपले बाराका बासिन्दाको सहयोगका लागि ५० हजार दिने भएका छन् । यो रकम प्रदिपको तर्फबाट मात्र नभएर सम्पूर्ण लब स्टेशन चलचित्र टिमको तर्फबाट रहेको छ । त्यस्तै प्रदिपले यो समस्याको समाधानमा हामी सबैको उत्तिकै भूमिका हुने भएकाले सबैलाई आफूले सकेजति सहयोग गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्