बलिउडकी चर्चित गायिका नेहा कक्कर नेपाल आउँदै, काठमाडौँमा २ दिन प्रस्तुती दिने



१९ चैत्र २०७५, काठमाडौँ

नेहा कक्कर बलिउडकी निकै चर्चित गायिका हुन् । उनले बलिउडमा थुप्रै सुपरहिट गीतहरु दिइसकेकी छिन् । विवाह, पार्टीमा उनका डान्सिङ शैलीका गीतहरु घन्कने गर्छन् । त्यस्तै नेहा भारतमा मात्र नभएर नेपालमा पनि उत्तिकै लोकप्रिय छिन् । नेपालीको मनमा समेत उनले आफ्नो स्थान बनाइसकेकी छिन् ।

त्यस्तै नेहाका नेपाली फ्यानको लागि एउटा खुसीको खबर आएको छ । नेहा नेपाल आउने भएकी छिन् । त्यतिमात्र नभएर उनले नेपाल आएर दुई ठाउँमा भव्य लाइभ कन्सर्ट गर्ने भएकी छिन् । उनले एकदिन ठमेलमा र एकदिन गैरीधारामा प्रस्तुती दिने भएकी छिन् । यो नेहाका फ्यानको लागि निकै खुसीको खबर हो । उनी अब केहीदिनमा नै काठमाडौँ आउँदै छिन् ।

प्रतिक्रिया दिनुहोस्