पार्टीभित्र गुटबन्दी गर्नेहरू आफैँ समाप्त हुन्छन् : प्रम ओली



१९ चैत्र २०७५, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्नेहरू आफैँ समाप्त हुने बताएका छन् ।

उनले गुटबन्दीले नेता र पार्टी दुवैलाई क्षति पुग्ने बताए । दमकमा नेकपाको नगर कमिटी र वार्ड कमिटीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टीका आन्तरिक समस्या बैठकमा राख्ने परिपाटीको विकास गर्नुपर्ने बताएका छन् ।

पार्टीका नेता वामदेव गौतमप्रति इंगित गर्दै उनले भने, ‘हामीले पार्टी फुटेको पनि देख्यौं, फुटाएर जुटेको पनि देख्यौं, तर पार्टी बैठकमा कुरा गर्ने परिपाटीको विकास किन गर्न सकेनौं ?’

ओलीले मुलुकमा ६४ प्रतिशत मतसहित नेकपा हुँदाको अवस्था र भूमिगत अवस्थाको समेत चित्रण गरे ।

‘भूमिगत अवस्थामा पार्टी एउटा ठाउँ र गाउँमा मात्रै थिए, अहिले नेकपा मुलुकभर छ, विश्वव्यापी चर्चा छ,’ उनले भने, ‘तर यो अवस्था मन नपराउने, गुटबन्दी गर्नेहरू आफैं सकिएर जानेछन्।’

 

प्रतिक्रिया दिनुहोस्