१९ चैत्र २०७५, काठमाडौं
आगामी ५ बैशाखबाट हुने आठौं राष्ट्रिय खेलकूदमा ५ हजारभन्दा बढि खेलाडीहरुले सहभागिता जनाउने भएको छन् ।
प्रदेश नं ५ को विभिन्न स्थानहरुमा संचालन हुने प्रतियोगितामा ५ हजार २ सय ११ जनाले सहभागिता जनाउने बताईएको छ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)का अनुसार प्रतियोगितामा समावेश गरिएका ३५ खेलमा ५ हजार २ सय ११ जना खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा दुई हजार ८२५ पुरुष र दुई हजार ३८६ महिला खेलाडीहरुको सहभागिता रहनेछ ।
प्रतियोगितामा ३७२ स्वर्ण, ३७२ रजत र ५६३ वटा कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रदेश नं ५ मा प्रतियोगिता आयोजना हुने भए पनि प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो ।