बधाई छ ! आमा बन्दै बलिउड अभिनेत्री अनुष्का शर्मा



१९ चैत्र २०७५, काठमाडौँ

अनुष्का शर्मा र विराट कोहली बलिउडका निकै चर्चित जोडी हुन् । विराट भारतीय क्रिकेट टिममा चर्चित खेलाडी हुन् भने अनुष्का शर्मा बलिउडकी चर्चित अभिनेत्री हुन् । यी दुईले लामो समयको प्रेमसम्बन्धपछि २०१७ डिसेम्बरमा इटालीमा विवाह गरेका थिए ।

अब अनुष्का आमा बन्ने भएकी छिन् । यो कुराको जानकारी अंग्रेजी वेबसाइट डिएनएले दिएको हो । अनुष्का र विराटबीच निकै माया रहेको छ । त्यसैले यी दुई प्रायजसो एकसाथ देखिइरहेका हुन्छन् ।

अहिलेसम्म विराट र अनुष्काले यो कुरा लुकाउँदै आएको भएपनि अब अर्को महिना यी दुईले बेबीसावर गर्न लागेको कुरा पनि सार्वजनिक भएको छ । अनुष्काले आमा बनिसकेपछि पनि चलचित्र क्षेत्रमा निरन्तर काम गरिरहने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्