यसकारण शिल्पालाई लुकी लुकी हेर्थे शक्ति कपुर



१९ चैत्र २०७५, काठमाडौँ

सुपर डान्सर च्याप्टर ३ भारतको चर्चित डान्स शो हो । पहिलो सिजन देखि नै सुपर डान्सरले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाउँदै आएको छ । त्यस्तै सुपर डान्सर मा हरेक हप्ता नयाँ सेलेब्रेटि आउने गर्छन् । अस्तिको हप्ता सुपर डान्सरमा बलिउडका सुपरस्टार गोविन्दा र शक्ति कपुर आएका थिए ।

गोविन्दा आउँदा शिल्पाले करिब २० बर्षपछि गोविन्दासँग डान्स पनि गरेकी थिइन् । उनीहरुले एकसाथ केही चलचित्रमा एकसाथ काम पनि गरेका थिए । त्यस्तै सोही बेला शक्ति कपुरले आफूले शिल्पालाई त्यस समयमा लुकी लुकी हेर्ने गरेको बताए । उनले आफूले शिल्पालाई सिधा हेर्न नसक्ने भएकाले लुकी लुकी हेर्ने गरेको बताउँदा सबैजना चकित परेका थिए ।

प्रतिक्रिया दिनुहोस्