विल्सनले प्रियंकाको माया नस्वीकारेपछि प्रियंकालाई भयो तनाव (भिडियो)



२० चैत्र २०७५, काठमाडौँ

प्रियंका कार्की चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि निकै व्यस्त हुने गर्छिन् । बजारमा उनको म्यूजिक भिडियो हेर्न दर्शकले धेरै समय कुर्नु पर्दैन । केहीदिन अघिमात्र प्रियंका र आयुष्मानको अर्को जुनी बोलको गीत सार्वजनिक भएको थियो । जसलाई दर्शकले निकै रुचाए ।

अहिले फेरि प्रियंकाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । भूपेन्द्र खड्काको शब्द र हरि लम्सालको संगीत रहेको मरिहत्ते बोलको गीतमा प्रियंका कार्की र विल्सन विक्रम राईलाई फिचरिङ गराइएको छ । उक्त भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्