बेहुली भन्दा यति धेरै राम्री देखिइन् झरना थापाकी छोरी सुहाना (फोटो सहित)



२० चैत्र २०७५, काठमाडौँ

यतिबेला नायिका सुहाना थापा चलचित्र ए मेरो हजुर ३ को प्रमोशनमा व्यस्त छिन् । यो उनको डेब्यु चलचित्र हो । सुहानाले आफ्नो पहिलो चलचित्र नै आफ्नै व्यानर र आफ्नै आमाको निर्देशनमा गर्न पाएकी छिन् । त्यसैले पनि उनी बढी उत्साहित छिन् ।

चलचित्र ए मेरो हजुर ३ को २ गीत र ट्रेलर सार्वजनिक भैसकेको छ । जसलाई दर्शकले अत्याधिक रुचाएका छन् । त्यसैगरी ट्रेलरमा सुहानाको काम देखेर धेरै प्रभावित भैसकेका छन् । त्यसैले दर्शक चलचित्र हेर्न निकै आतुर छन् ।

चलचित्रमा नायिका सुहाना बेहुली पनि बनेकी छिन् । जसमा उनी निकै नै राम्री देखिएकी छिन् । उनी बेहुली बनेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्