२० चैत्र २०७५, काठमाडौं
राष्ट्रिय विकास परिषद्को दुईदिने बैठक राजधानीमा सुरु भएको छ ।
बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् ।
होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष प्रचण्ड, उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उप–सभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ ।
बैठकमा सहभागी हुन तीनै तहका सरकारी अधिकारीहरु पनि आइपुगेका छन् ।
पन्ध्रौं योजनाको आधारपत्रलाई बैठकले अन्तिम रुप दिने राष्ट्रिय योजना आयोगले जनाएको छ ।
आयोगले २५ वर्षे दीर्घकालीन सोचसहित आधारपत्र तयार पारेको छ । सो आधारपत्रमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउने रणनीति छ ।