सुपरस्टार शाहरुख खानका छोरा बलिउडमा डेब्यु गर्दै



२० चैत्र २०७५, काठमाडौँ

यतिबेला बलिउडमा स्टार किड्सको इन्ट्रि धमाधम हुन थालेको छ । केही समय अघिमात्र स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपुर र सैफअली खानकी छोरी साराअली खानले बलिउडमा डेब्यु गरेका थिए । जसलाई दर्शकले निकै रुचाए पनि । अब बलिउडमा अर्का स्टार किड्स आउने भएका छन् ।

बलिउडमा किंग खानको नामले परिचित शाहरुख खानका छोरा आर्यन खान अब बलिउडमा आउने भएका छन् । तर आर्यन चलचित्रमा अभिनयको मार्फत नभएर सहायक निर्देशकको रुपमा आउन लागेका हुन् । करण जौहरले निर्देशन गर्न लागेको चलचित्रमा उनी सहायक निर्देशकको रुपमा काम गर्ने गर्नेछन् । २१ बर्षीया आर्यनले अमेरिकाबाट फिल्म मेकिङ सम्बन्धी अध्ययन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्