सकियो करिश्माको एसईई परीक्षा, भन्छिन् ‘राम्रो रिजल्ट आउनेमा ढुक्क छु’



२० चैत्र २०७५, काठमाडौँ

नेपालकी सदावहार नायिकाको रुपमा परिचित नायिका करिश्मा मानन्धर अहिले फ्रि छिन् । भर्खरै मात्र उनको एसईई परीक्षा सकिएको छ । उनी विगत ३ बर्षदेखि निरन्तर अध्ययन गरिरहेकी थिइन् । अहिले उनले आफूलाई निकै आनन्द महशुस भएको बताएकी छिन् ।

करिश्माले आफूले हरेक परीक्षाको लागि निकै तयारी गरेकाले सबै विषयको परीक्षा राम्रो भएको तर एकदिन जाममा परेका कारण एक विषय चाहिँ अलि बिग्रिएको बताइन् । उनले सामाजिक विषयको दिन ढिलो पुगेकाले सबै प्रश्नको उत्तर लेख्न नभ्याएको बताएकी छिन् ।

करिश्माले आफूले परीक्षा राम्रो गरेकाले रिजल्टको निकै प्रतिक्षा गरिरहेको बताइन् । उनले आफ्नो रिजल्ट राम्रो आउनेमा समेत आफू ढुक्क रहेको बताएकी छिन् । करिश्माले आफू ठूलो उमेरकी भएपनि साना भाईबहिनीसँग परीक्षा दिदाँ निकै रमाइलो महशुस भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्