चर्चित गायिका अञ्जु पन्तले हावाहुरी प्रभावित क्षेत्र बारा र पर्सामा बाइबल बाड्न पुगेको भन्दै गरियो आलोचना !



२० चैत्र २०७५, काठमाडौँ

अञ्जु पन्त नेपालकी सर्वाधिक चर्चित र व्यस्त गायिका हुन् । उनले थुप्रै सुपरहिट गीतहरु गाइसकेकी छिन् । सायद उनलाई मन नपराउने मान्छे कमै होलान् । तर तिनै चर्चित गायिका बेला बेलामा विवादमा पनि आउने गर्छिन् । केहीसमय अघि पनि उनी धर्मको प्रचारप्रसारको कारण विवादमा आएकी थिइन् । अहिले फेरि त्यहि कारणले उनी विवादमा आएकी छिन् ।

अहिले बारा र पर्सा जिल्लाका मानिसको अवस्था निकै दयनीय छ । अस्ति चलेको हावाहुरीले पर्सा र बारा जिल्लामा निकै क्षति पुर्याएको छ । त्यस्तै अहिले सामाजिक सञ्जालमा अञ्जु पन्तले राहत सामाग्री सँगै बाइबल बोकेको फोटो भाइरल भैरहेको छ । जसमा मानिसले नकरात्मक प्रतिक्रिया दिएका छन् । सबैले अञ्जुले सहयोगको नाममा धर्मको प्रचार गर्न खोजेको बताएका छन् ।

उक्त समाचार गलत भएको पनि बताइएको छ । किनकी अञ्जुको उक्त फोटो धेरै पहिलेको भएको जहाँ उनले गरिब दुखीको सहयोगका लागि राहत सामाग्री लिएको र त्यहाँ बाइबल पनि भएको बताइएको छ । तर अञ्जुको नाम बदनाम गर्नको लागि मानिसले अहिले उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्