२० चैत २०७५, काठमाडौ
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाले एकैदिनमा ५ पटक सम्म खाना र ५ पटक खाजा खाएको बिल पेस गरेको रहस्य बाहिर आएको छ ।
एकैदिन एकै समयमा आफुले खाना र खाजा खाएको ५/५ वटा सम्म बिल उपमेयर थापाले उपमहानगरपालिकामा बुझाएर पास गराउदा कर्मचारीहरु नै अचम्मित भएका छन् । उपमेयर थापाले आफूसगै अन्य ५ जनाले ५ पटकसम्म खाना र खाजा खाएको भन्दै उपमहानगरपालिकामा बिल पास गराएको स्रोतले बताएको छ ।
नेपाली काँग्रेसबाट निर्वाचित उपमेयर थापासंगै प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइ, पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले, पत्रकार आलम खान, उपमहानगरकै कर्मचारी कृष्णप्रसाद जोशी, पत्रकार रुपा गहतराजले एकै दिन ५ पटकसम्म खाना खाएको उपमहानगरपालिकामा पेश गरेको बिलमा उल्लेख छ ।