‘भद्रगोल’ को युट्युब भ्यूज चोरी भएको भन्दै ‘भद्रगोल’ का पाँडेले गरे गुनासो



२१ चैत्र २०७५, काठमाडौँ

भद्रगोल दर्शकले सर्वाधिक रुचाएको टेलि सिरियल हो । छोटो समयमा नै भद्रगोललाई दर्शकले अत्याधिक माया दिएका छन् । त्यतिमात्र नभएर भद्रगोलका हरेक कलाकारको अभिनयको दर्शकले सधैँभरि मुक्तकण्ठले प्रशंसा पनि गर्ने  गरेका छन् ।

अहिले भद्रगोलका लोकप्रिय कलाकार अर्जुन घिमिरे (पाडे) ले भद्रगोलको भ्यूज चोरी भएको भन्दै गुनासो पोखेका छन् । उनले केही समयदेखि यस्तो भैरहेको बताएका छन् । उनले बाहिर एउटा भ्यूज र भित्र खोलेर हेर्दा अर्कै भ्यूज देखिएका कारण यसले भद्रगोललाई असर पारिरहेको बताएका छन् ।

त्यस्तै अर्जुनले यसरी भ्यूज चोरी नगर्नको लागि सबैसँग आग्रह पनि गरेका छन् । उनले अहिले आफूहरु भ्यूज चोरी गर्ने व्यक्तिको खोजीमा लागिरहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्