झरनाले छोरीसँग डाहा लाग्छ भन्दा मख्ख परिन् सुहाना, छोरीको बर्थडे बिर्सदा झरनालाई पर्यो फसाद (भिडियो)



२२ चैत्र २०७५, काठमाडौँ

यतिबेला नायिका सुहाना थापा निकै व्यस्त छिन् । उनको पहिलो चलचित्र ए मेरो हजुर ३ यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । त्यसैले चलचित्रको प्रमोशनको लागि सुहाना निरन्तर दौडिरहेकी छिन् । उनले आफ्नो आमासँग दिएको एक अन्तवार्ता अहिले निकै चर्चामा छ ।

उक्त अन्तवार्तामा झरना र सुहानाले निकै रमाइलो गरेको देख्न सकिन्छ । झरना र सुहाना आमाछोरी भन्दापनि साथी जस्तो देखिन्छन् । उनीहरु एकअर्कासँग निकै नै मिल्ने गर्छन् । त्यतिमात्र नभएर हरेक कुरा एकअर्कासँग सेयर गर्ने पनि गर्छन् । त्यस्तै  झरनाले सुहाना धेरै राम्री भएको देख्दा आफूलाई डाहा लाग्ने बताउँदा सुहाना मख्ख परेकी थिइन् । आमाछोरीको रमाइलो अन्तवार्ता तल प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्