अनाथ बालगृह निर्माणका लागि महानायक राजेश हमालले गरे १ लाख सहयोग



२२ चैत्र २०७५, काठमाडौँ

अभिनेता राजेश हमाल यतिबेला एपिवान टेलिभिजनबाट प्रशारण भइरहेको अन्तराष्ट्रिय स्तरको शो को बन्छ करोडपति मा व्यस्त छन् । राजेश हमालले चलचित्र क्षेत्रमा मात्र नभएर सामाजिक कार्यमा पनि ठूलो योगदान दिइरहेका छन् ।

उनी बेला बेलामा आफूले गरेको सामाजिक कार्यबाट पनि चर्चामा आउने गर्छन् । अहिले फेरि उनले एउटा पूण्यको काम गरेका छन् । उनले बझाङमा बन्न लागेको अनाथ बालगृहको लागि १ लाख सहयोग गरेका छन् । राजेशले नेपालका कान्छा सामाजिक अभियान्ताको हातमा १ लाख दिएका छन् । उक्त अनाथ बालगृह चाडैँ नै तयार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्