चर्चित गायक शिव परियारको बहुप्रतिक्षित गीत ‘आँशुको अर्थ २’ सार्वजनिक (भिडियो)



२२ चैत्र २०७५, काठमाडौँ

शिव परियार नेपालका निकै चर्चित गायक हुन् । उनले हरेक प्रकारका गीत गाउने गर्छन् । उनका अधिकांश गीतलाई दर्शकले निकै रुचाउने पनि गरेका छन् । त्यस्तै शिव परियारको निकै लोकप्रिय गीतमध्येको एक आँशुको अर्थ पनि हो ।

आँशुको अर्थ के थाहा बोलको गीतलाई दर्शकले निकै नै रुचाएका थिए । अहिले पनि शिव कुनै कार्यक्रममा सहभागी भएभने यो गीत गाउन छुटाउने गरेका छैनन् । आँशुको अर्थको अपार सफलतापछि फेरि शिवले आँशुको अर्थ २ पनि लिएर आएका छन् ।

आँशुको अर्थ २ भर्खरै मात्र युट्युबमा सार्वजनिक भएको छ । रवि अधिकारीको शब्द र शिव परियारको संगीत रहेको गीतमा आवाज पनि शिव परियारको नै रहेको छ । आँशुको अर्थ को पहिलो भागमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठलाई फिचरिङ गराइएको थियो भने दोस्रो भागमा सन्नी सिंह र ज्योत्साना योगीलाई फिचर्ड गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्