संसारकै धनाढ्य व्यक्ति‘अमेजन मालिक’ जेफले गरे ३८ खर्व तिरेर डिभोर्स !



२२ चैत्र २०७५, काठमाडौं

२५ वर्ष वैवाहिक जीवनमा रहेका दम्पतीको दुनियाकै महंगो डिभोर्स हुने भएको छ ।

हाल संसारको सबैभन्दा धनी मानिस रहेका अमेजन कम्पनीका मालिक जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको सम्बन्दबिच्छेदन् हुने पक्का भएको छ ।

संसारको अहिलेसम्मकै सबैभन्दा महँगो ३५ बिलियन अमेरिकी डलरको (करिब ३८ खर्व नेपाली रुपैयाँ बढी) मा सम्बन्धविच्छेदका लागि सहमती भएको बताइएको छ ।

जेफ बेजोसले स्थापना गरेको अनलाइन किनमेल कम्पनी अमेजनको चार प्रतिशत सेयर उनकी पत्नी मक्केन्जीसँग हुने भएको हो ।

स्मरण रहोस जेफले वाशिङ्टन पोस्ट दैनिक सन् २०१३मा किनीसकेका छन् । उनको सो वाशिङ्टन पोस्ट दैनिक र अन्तरिक्ष यात्रा कम्पनी ब्लू ओरिजिनसँग भने श्रीमतीको सम्पतीको कुनै सम्बन्ध रहने छैन।

यसबारे मेक्केन्जीले एक टुइट सेयर गरेकी छिन्

सन् १९९४ मा जेफले एमेजन स्थापना गर्नु अगाडि नै उनीहरूले विवाह गरेका हुन् र माक्केन्जी एमेजनको पहिलो कामदारहरूमध्येकी थिईन् । मक्केन्जी एक सफल लेखिका मानिन्छिन् । ४८ वर्षीय मक्केन्जीले सन् २००५ मा ‘द टेस्टिङ अफ लुथर अल्ब्राइट’ तथा सन् २०१३ मा ‘ट्र्याप्स’ नामक उपन्यास लेखेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्