वसन्तले लेखेको स्टाटसबारे टंक र समिक्षाले खोले मुख, भन्छन् हामी गलत छैनौँ (भिडियो)



२२ चैत्र २०७५, काठमाडौँ

समिक्षा अधिकारी पछिल्लो समयकी निकै चर्चित बाल गायिका हुन् । उनले दुईवटा गीत गाइसकेकी छिन् । जसलाई दर्शकले निकै रुचाए । अब समिक्षाले तेस्रो पटक चर्चित संगीतकार र गायक टंक बुढाथोकीसँग सहकार्य गर्ने भएकी छिन् । टंकले यो कुराको जानकारी केहीदिन अघि आफ्नो आधिकारीक फेसबकुमार्फत दिएका थिए ।

टंकले फेसबुकमा लेखेको स्टाटसबाट उनी विवादित समेत बन्न पुगे । उनले समिक्षालाई पहिलो पटक मेरो संगीतमा काम गराउँदै भनेर स्टाटस लेखेपछि संगीतकार वसन्त सापकोटाले आक्रोश पोखेका थिए । उनले अगाडी नै चर्चित भैसकेकी समिक्षालाई पहिलो पटक ल्याएको भन्दै टंकले गलत बोलेको भन्दै स्टाटस मार्फत टंकप्रति आक्रोश पोखेका थिए ।

टंक र समिक्षाले यस बिषयलाई लिएर गुनासो पोखेका छन् । उनीहरुले उक्त स्टाटसमा आफ्नो कुनैपनि गल्ती नभएको बताए । टंकले आफूले आफ्नो संगीतमा समिक्षाको पहिलो गीत भनेर लेखेका थिए । समिक्षाले वसन्त अंकलाई सायद भ्रम भएर त्यस्तो स्टाटस लेख्नुभएको होला भनिन् । टंकले पनि आफ्नो गल्ती भएको भए वसन्तसँग माफी माग्थे तर आफ्नो गल्ती नै छैन भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्