ईन्टरपोलको सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक खनाल फ्रान्स प्रस्थान !



२२ चैत्र २०७५, काठमाडौं

प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल फ्रान्सको लियोन गएका छन् । ईन्टरपोलको १५ औं सम्मेलनमा सहभागी हुन गएका हुन् ।

सम्मेलन आगामी २६ चैत्रदेखि २८ सम चल्ने छ । ईन्टरपोलको आयोजनामा प्रत्येक वर्ष हुने सम्मेलनमा यस बर्ष १ सय ९४ सदस्य राष्ट्रका प्रतिनिधि सदस्य सहभागी हुनेछन् ।

महानिरीक्षक खनाललाई वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित विदाई गरेका छन् ।

महानिरीक्षक खनालको अनुपस्थितीमा प्रहरी अतिरिक्त पुष्कर कार्कीले प्रहरी प्रधान कार्यलयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन् ।

सम्मेलनमा अन्तराष्ट्रिय क्षेत्रमा विकसित विभिन्र प्रविधि र अपराध नियन्त्रणसँग र सुरक्षासम्बन्धी नयाँ रणनीतिमा सहकार्य गर्ने छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्