राजेश पायल राईको प्रतिक्षित गीत ‘दर्शन नमस्ते ४’ सार्वजनिक (भिडियो)



२२ चैत्र २०७५, काठमाडौँ

राजेश पायल राई नेपालका स्थापित गायक हुन् । उनी संगीतमा क्षेत्रमा लागेको धेरै समय भैसकेको छ । उनले नेपाली संगीत क्षेत्रमा ठूलो योगदान पनि दिएका छन् । उनले गायक सुपरहिट गीतहरुमध्येको एक दर्शन नमस्ते पनि हो । दर्शन नमस्ते गीतलाई दर्शकले अत्याधिक माया दिएपछि उनले दर्शन नमस्ते २ र दर्शन नमस्ते ३ पनि ल्याए । जसलाई पनि दर्शकले निकै रुचाए ।

अहिले फेरि राजेश पायल राईले दर्शन नमस्ते ४ पनि लिएर आएका छन् । दर्शन नमस्ते का सबै भागलाई मन पराइदिएका दर्शकले दर्शन नमस्ते ४ पनि माया गरिदिने कुरामा राजेशले आफू निर्धक्क रहेको बताएका छन् । विशाल राईको शब्द र सन्तोष राईको संगीत रहेको गीतमा राजेश पायल राईको आवाज रहेको छ । अहिले गीतको लिरिकल भिडियो मात्र सार्वजनिक भएको छ । केहीसमय पछि गीतको म्यूजिक भिडियो नै सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्