अनमोलकी दुलही बनिन् झरनाकी छोरी सुहाना (फोटो सहित)



२२ चैत्र २०७५, काठमाडौँ

यतिबेला चलचित्र ए मेरो हजुर को गीतसंगीत र ट्रेलर निकै चर्चामा छ । चलचित्र ए मेरो हजुर ३ यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । त्यस्तै यतिबेला जताततै चलचित्र ए मेरो हजुर ३ को मात्र चर्चा भैरहेको छ । चलचित्र ए मेरो हजुर ३ मा अनमोल केसी र नव नायिका सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

ए मेरो हजुर ३ को ट्रेलरमा सुहाना र अनमोललाई विवाहको भेषमा पनि देख्न सकिन्छ । अहिले उनीहरु बेहुला बेहुली बनेको तस्बिरले सामाजिक सञ्जालमा निकै नै चर्चा पाइरहेको छ । चलचित्र ए मेरो हजुर ३ अनमोलको ७ औँ चलचित्र हो । जसमा उनी पहिलो पटक बेहुला पनि बनेका छन् । अनमोल र सुहानाको बेहुला बेहुली बनेको केमेष्ट्रिलाई दर्शकले निकै नै रुचाइरहेका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्