‘दबंग ३’ मा यस्तो लुक्समा देखिनेछिन् सोनाक्षी



२२ चैत्र २०७५, काठमाडौँ

बलिउड अभिनेता सलमान खान यतिबेला चलचित्र भारत को छायांकन सकेर चलचित्र दबंग ३ को छायांकनमा व्यस्त छन् । सलमान खानको सुपरहिट चलचित्रमध्येको एक दबंग पनि हो । दबंग र दबंग २ लाई दर्शकले निकै रुचाएपछि अब दबंग ३ तयार हुँदैछ । दबंग ३ लाई प्रभु देवाले निर्देशन गरिरहेका छन् ।

त्यस्तै दबंग ३ की मुख्य नायिका सोनाक्षी सिन्हाले पनि सुटिङ जोइन गरिसकेकी छिन् । उनले आफ्नो फस्टलुक सार्वजनिक गर्दै चलचित्रको सुटिङ सुरु गरेको बताएकी छिन् । चलचित्र दबंग ३ मा सोनाक्षी दबंग का दुई सिरिजमै जस्तै देखिएकी छिन् । तर उनी दबंग ३ मा अझै राम्री देखिएको दर्शकले बताएका छन् । दबंग ३ मा पनि सोनाक्षी चुलबुल पाण्डेकी रज्जोको भूमिकामा नै प्रस्तुत भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्