राहुल र अलिशाको नयाँ गीत रिलिज (भिडियो)



२२ चैत्र २०७५, काठमाडौँ

राहुल शाह र अलिशा शर्मा नेपालका निकै चर्चित डान्सर हुन् । यी दुईले एकसाथ धेरै म्यूजिक भिडियोमा काम गरिसकेका छन् । राहुल र अलिशाले खेलेका अधिकांश म्यूजिक भिडियो बजारमा लोकप्रिय पनि छन् । भर्खरै मात्र राहुल र अलिशाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

हेमन्त शर्माको शब्द, संगीत र आवाज रहेको गंगा जी बोलको गीतमा अलिशा र राहुललाई फिचरिङ गराइएको छ । निकै रोमान्टिक गीतमा अलिशा र राहुलको केमेष्ट्रि राम्रो देखिएको छ । त्यस्तै गीतमा कोरियोग्राफी पनि राहुल शाहकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्