२३ चैत्र २०७५, काठमाडौं
मौसम खराब भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अर्धमहाकुम्भ मेला उद्घाटन गर्न शनिबार सुनसरीको चतराधाम जाने कार्यक्रम स्थगित भएको छ ।
उक्त मेलाको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने कार्यक्रम बनाईएकोमा बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर वर्षा भएपछि अन्तिममा आएर स्थगन भएको हो ।
मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
अर्धमहाकुम्भ मेलामा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगितपछि उनले आफ्नो लिखित सम्बोधन पठाएका छन् । प्रधानमन्त्रीले पठाएको लिखित सम्बोधन आयोजकले पढेर सुनाउने बताइएको छ ।
अब आयोजकले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट उद्घाटन गराउने भएको छ।