२३ चैत्र २०७, काठमाडौं
मलेशियामा आयोजना हुने एसिया छनौट खेल खेल्न नेपाली यू–१९ क्रिकेट टोली मलेशिया प्रस्थान गरेको छ ।
आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनौटका लागि पूर्णतयारीसहित १४ सदस्सीय नेपाली टोली शनिबार मलेशिया प्रस्थान गरेको हो ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार बिष्ट र राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक जगत टमटाले विदाई गरेका छन् ।
एसिया छनौट अप्रिल १० देखि २० सम्म हुने छ । छनौट खेलमा नेपाल सहित, युएई, कुवेत, मलेशिया, सिंगापुर र ओमनले प्रतिस्पर्धा गर्ने छन् । छनौट खेलमा विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छ ।
नेपाली टोलीमा !
रोहित कुमार पौडेल (कप्तान)
त्यसैगरी अन्यमा !
पवन सर्राफ, सन्दीप जोरा, आसिफ शेख, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सुर्य तामाङ ।
प्रशिक्षक– विनोद दास