२३ चैत्र २०७५, काठमाडौं
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा–पर्सामा हावाहुरीले भत्काएको सबै घरहरु सरकारले बनाईदिने बताएका छन् । आज प्रभावित क्षेत्र पुगेर उनले यस्तो बताएका हुन् ।
सो विषयमा प्रधामन्त्री केपी शर्मा ओलीसँग छलफल भईरहेको पनि उनले बताए ।
अध्यक्ष प्रचण्डले नेकपाको तर्फबाट हावाहुरीमा परि ज्यान गुमाएकाका परिवारलाई ५ लाख रुपैयाँको दरले राहत दिने विषयमा पनि छलफल भैरहेको उहाँले बताउनुभयो ।
गत आईतबार राति बारा र पर्साका विभिन्न ठाउँमा हावाहुरीमा परि २७ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका छन् ।