२३ चैत्र, २०७५ काठमाडौं
यस सिजनको हिमाल आरोहणमा हालसम्म ४६ आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
४६ आरोही समूहका १९३ आरोहीबाट आजसम्म रु २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ ।
जसमध्ये सर्वोच्च सगरमाथाबाट मात्रै रु २३ करोड ९२ लाख ५७५ रोयल्टी उठेको बताईएको छ ।
सगरमाथा आरोहणका लागि १९ आरोही समूहका १९३ आरोही गएका छन् ।
सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ ।
कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् ।
त्यसैगरी अन्य हिमश्रृखंलाहरु मकालु, नुपुचे तथा ग्याल्जेनपीकजस्ता हिमालको लागि पनि केही आरोही समूहले आरोहण अनुमति लिएका विभागले जनाएको छ ।
सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ।